हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

प्रहरी अस्पताल पाेखराद्वारा स्वास्थ्य शिविर

प्रहरी अस्पताल पाेखराद्वारा स्वास्थ्य शिविर
प्रहार समाचार। तनहुँ ,असाेज २७।
६८ओैं प्रहरी दिवस ,२०८० काे अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयकाे संयाजनमा व्यास नगरपालिका वडा नं. ११ काे दरैपधेरामा रहेकाे जनकल्याण आधारभूत विद्यालयमामा शनिबार स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकाे छ।
जिल्ला प्रहरी कार्यालय तनहुँकाे सहकार्यमा गण्डकी प्रदेश प्रहरी अस्पताल पाेखराद्वारा आयाेजित स्वास्थ्य शिविरकाे उद्घाटन गर्दै व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठ न्याैपानेले स्वास्थ्य शिविरले अस्पताल जान नसक्ने अशक्त,वृद्द वृद्दाहरुलाई सहजता पुगेकाे बताए।
त्यस अबसरमा बाेल्दै प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ्गले प्रहरीले शान्ति सुरक्षा प्रदान गर्दै जनतासंग प्रहरी नजीकहुने काम यस्ता कार्यक्रमले गर्ने उल्लेख गर्दै गाउँका जनतालाई घर आँगनमानै उपचार दिलाउन पाउँदा खुशी व्यक्त गरे।
जिल्ला प्रशासन कार्यलय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे ,जिप्रका तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट ,व्यास ११ का वडाअध्यक्ष दलबहादुर दुरा,दमाैली अस्पताका डाक्टर परिवर्तन वराल, प्रनाउ डा. रामप्रसाद शर्मा,प्रहरी उपरीक्षकहरु श्यामकृष्ण अधिकारी र केदार खनाल लगायतले आ-आफ्नाे मन्तव्य राखेका थिए। उक्त शिविरमा एक सय ७८ जना विरामीहरु स्वास्थ्य परिक्षण गरि नि:शुल्क ओैषधि वितरण गरिएकाे थियाे।


 

Prahaar online



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button