
औँला काटी दिँदा पनि, डुंडुंलोनै तान्छन् मान्छे
जसलाई गुन लायो आजकल, उल्टै लात्ती हान्छन् मान्छे ।
“आफन्त” लाई चिन्न गाह्रो, अप्ठ्यारोमा गौड़ो कुर्छन्
मौका पाए घुचेटेर, खाडलमा जिउँदै पुर्छन् ।
साथी भाइ, इष्टमित्र, नाता सबै हराउँदै गो
बरु पशुपन्छी बुझ्छन्, मान्छे आजकल नबुझ्ने भो ।
ईर्ष्या, डाह, स्वार्थ मात्रै, साथ दिने भेट्न गाह्रो
निःस्वार्थी मन भएका मान्छे, देख भेट हुनै साह्रो ।
खानु छैन कसैको नि, बरु ईश्वर दिन पाइयोस्
पाप, धोका धडी होइन, बरु धर्म लिन पाइयोस् ।
बरु मारुन् आफै लाई, नपरोस् है अरू मार्न
आफ्नै ठान्या मान्छे काफी, हुँदा रहेछन् तल झार्न ।
अवसरवादी युग आछ, मुस्किल भाछ मान्छे चिन्न
विश्वास गर्यो.आफ्नो ठान्यो, छुरी धस्छ बाँच्न दिन्न ।
धोका आफू खाए पनि, अरूलाई दिनु हुन्न
धोकेबाज चिने पछि, फेरि काखमा लिनुहुन्न ।

























