प्रहार समाचार । तनहुँ, १४ कात्तिक २०८१ बुधबार । नेपाल सरकारले भारत लगायत अन्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात खुलाउने भन्ने विभिन्न संचार माध्यमबाट समाचार सम्प्रेषण भएकोमा तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लिमिटेडका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद अधिकारद्धार हस्ताक्षरित सोमबार जारि गरेको विज्ञप्तीमा भनिएको छ- ‘ तनहुँ जिल्लाका कृषकहरू पशुपालन पेशामा आकर्षित हुँदै गर्दा दुग्ध उद्योगीहरुले कृषकबाट संकलन गरेको दुधको रकम समयमा भुक्तानी हुन नसकी कृषकहरु पशुपालन पेशाबाट पलायन हुने स्थिति सिर्जना भइरहेको अवस्थालाई जोगाउन केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाको आह्वानमा देश व्यापी रुपमा चरणबद्ध कृषकले कृषकहरुले केन्द्रीकृत आन्दोलन गरी आन्दोलनबाट प्राप्त उपलब्धि कार्यान्वयन भई कृषकलाई राहत हुने अवसर प्राप्त हुँदै गर्दा एकाएक नेपाल सरकारले भारत लगायत अन्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात खुलाउने भन्ने विभिन्न सञ्चारका माध्यमबाट समाचार सम्प्रेषण भएकोमा तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घली गम्भीर ध्यानाकर्षण भएको छ। विदेशबाट गरिने दुध तथा दुग्ध पदार्थले पशुपालक कृषक व्यवसायी एवं सम्पूर्ण दुग्ध उत्पादक क्षेत्र नै धराशायी हुने अवस्थाबाट बचाउनका लागि दूध तथा दुग्ध पदार्थको आयत नखुलाउन अनुरोध गर्दछौं ‘ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अगाडी भनिएको छ -‘ यदि दुग्ध पदार्थको आयात खुलाएमा आम किसान व्यवसायी एवं दुग्ध सहकारी क्षेत्रको ठूलो क्षति व्यहोर्नु पर्ने भएको हुँदा कुनै पनि बहानामा आयात नखुलाउन नेपाल सरकारलाई यस विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछौं। यस विषयमा केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपालले सरकारलाई यस विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछौं । यस विषयमा केन्द्रीय दुग्ध संस्था दुग्ध केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपालले जुनसुकै आन्दोलनको कार्यक्रम सहभागिता जनाउने प्रतिबद्धता समेत जाहेर गर्दछौँ । ‘ विज्ञातिको अन्त्यमा भनिएको छ।

स्मरणीय छ तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर ११ मा अवस्थित तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा १८ दुग्ध उत्पादक सहकारी संस्थाहरू आबद्ध रहेका छन्।
ती दुग्ध सहकारी संस्थामा करिब ११०० सदस्यले दैनिक ९ हजार ५ सय लिटर दुग्ध उत्पादन गरी वार्षिक करिब १५ करोडको हाराहारीमा सहरको पुँजी गाउँसम्म पुर्याउँदै गरिब विपन्न किसानको आयआर्जनमा वृद्धि गर्ने काम गर्दै आइरहेको छ। वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरू पनि दुग्ध उत्पादन पेशामा आकर्षित हुँदै गइरहेको अवस्था छ। यस जिल्लाबाट दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध सहकारीको मुख्य भूमिका रहेको छ भने जिल्लाबाट उत्पादनभएको दुध तथा दुग्ध पदार्थ बाह्य जिल्लामा निर्यात भइरहेको अवस्था छ।
हेरौं विज्ञप्ति :

























