हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

उज्यालोको पर्व तिहार सुरु : आज काग तिहार

प्रहार समाचार । तनहुँ , १४ कात्तिक २०८१ बुधबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार  आजबाट सुरु भएको छ। उज्यालोको पर्वको रूपमा लिइने यो चाडको आज कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार परेको छ। कागलाई मीठो मीठो खानेकुरा दिएर कागलाई पुज्ने गरिन्छ। 

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस  मनाइँदै :

यसै बिच आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button