• सुशील बि.क./ प्रशिक्षार्थी पत्रकार । प्रहार समाचार । तनहुँ , १३ कात्तिक २०८१ मङ्गलबार । लिओ क्लब अफ तनहुँले आफ्नो १६ औ स्थापना दिवश बृद्धाश्रममा रहेका बुबा आमाहरुलाई फलफुल बितरण गरेर मनाएको छ।

क्लबले स्थापना दिवशका अवसरमा आज व्यास – ५ मा रहेको बेदव्यास जेष्ठ नागरिक आश्रममा बस्ने वृद्ध बुवा आमाको लागि खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।
हामी सेवा गर्छौ ” भन्ने मुल नारा शहित स्थापना भएको लिओ क्लब अफ तनहुँले बिगतका बर्ष झै यस वर्ष पनि स्थापन दिवस क्लबका अध्यक्ष आकाश खनालको सभापतित्वमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष साबित्री श्रेष्ठ लाई खाद्यान्न तथा फलफुल वितरण गरिएको हो। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु विष्णु गौतम, सुनिल मिश्र , प्रथम उपाध्यक्ष रोबिन श्रेष्ठ , मोहम्मद गफ्फार लगायतको सहभागीता रहेको थियो ।

‘मन्त्र जाने ओठ भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन्’ भन्ने मूल नाराका साथ २०७० वैशाख १ गते स्थापित आश्रम दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील ३० जना महिलाहरुले एक–एक हजार उठाए अक्षयकोष स्थापनागरि सुरु गरिएको हो । आश्रमका आमा बुबाहरुलाई खुवाउन तथा अन्य दैनिक खर्चका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाहरुको सहयोगबाट चल्दै आएको पूर्व अध्यक्ष शकुन्तला आलेले जानकारी दिइन् । तस्बिरहरु : राम श्रेष्ठ
























