हेडलाईनसमाचारप्रदेश

लामिछानेले काठमाडौंको कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी सहकारी संस्थाबाटपनि   ठूलो रकम  अपचलन गरेको पुष्टि

प्रहार समाचार । काठमाडौँ ,१३ कात्तिक २०८१ मङ्गलबार । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले गोरखा मिडियामा लगेर बचत अपचलन गरिएका ५ सहकारीमध्ये  काठमाडौंको कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा समेत ठूलो रकम  अपचलन गरेको पुष्टि भएको छ। 

स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रवि लामिछानेको संयुक्त नाममा दुईपटक ऋण लिएको भेटिएको हो । सभापति लामिछानेले उक्त सहकारीमा बचतकर्ताले जम्मा गरेको २ अर्ब ६५ करोड ९५ लाख ९१ हजार अपचलन भएको देखिन्छ । हालसम्म ६ सय ४५ जनाले लिखित जाहेरी दिए पनि २७ हजार निक्षेपकर्ताको रकम अपचलन भएको छ । 

अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रवि लामिछानेले २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि दुबैले संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले गत कात्तिक ८ गते मात्रै स्वर्णलक्ष्मीको कार्यालयमा खानतलासी गरेको थियो । 

खानतलासीका क्रममा रविले सेयरबापत लिएको रकमको भौचर समेत बरामद भएको छ । त्यस्तै, सर्वसाधरणले कर्जाबापत लिएको हिसाबको ३५ वटा भौचर पनि प्रहरीले बरामद गरेको थियो ।अनुसन्धानका क्रममा जीबी राई आफैं अध्यक्ष रहेको स्वर्णलक्ष्मीले १२ वटा बैंकमा खाता खोलेको देखिएको छ ।

स्वर्णलक्ष्मीका पीडितहरूले अध्यक्ष जीबी राईसहित उपाध्यक्ष देवेन्द्रबाबु राई, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारी, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष दीपक लामा र कल्पनाकुमारी श्रेष्ठ तथा पूर्वप्रबन्ध निर्देशक भूपेन्द्र राईलगायत २४ जनाको नाम किटान गरेर प्रहरीमा उजुरी दर्ता गराएका थिए । स्वर्णलक्ष्मीका वर्तमान र पूर्वपदाधिकारीले सहकारीको झण्डै २ अर्ब ६६ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button