प्रहार समाचार । काठमाडौँ, १३ कात्तिक २०८१ मङ्गलबार । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तरगतको दसौं खेल नेपालले आज स्कटल्याण्डसँग खेल्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा आज बेलुका सवा ९ बजे उक्त खेल हुने छ।

९ खेलमध्ये एउटा खेलमा मात्र जितेको नेपालले नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। लिग-२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ।
अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो। स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ।
रोहित पौडेलको कप्तानीमा रहेका नेपाली खेलाडीहरुमा कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल रहेका छन् ।

























