प्रहार समाचार । काठमाडौँ, १२ कात्तिक २०८१ सोमबार । नेपाल कम्यूनिष्ट पार्टी एमालेले भाटभटेनीका सञ्चालक मीनबहुर गुरुङबाट दान लिएको जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले दुवै पक्षको बहस/छलफल सुनेर अर्को आदेश नहुन्जेल सम्मका लागि गुरूङले एमाले पार्टी कार्यालय बनाउन भन्दै दान दिएको १० रोपनी जग्गाको हक हस्तान्तरण नगर्न/नगराउन आदेश दिएको हो।
उक्त छलफलका लागि कात्तिक २६ गते दुवै पक्षलाई बोलाएको छ। उक्त छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिने टुंगो लाग्ने छ।
























