हेडलाईनव्याससमाचारगण्डकी

पत्रकार अमरराज नहर्की सम्मानित

प्रहार समाचार । तनहुँ, १२ कात्तिक २०८१ सोमबार । पत्रकार अमरराज नहर्कीलाई नेपाल तरुणदल तनहुँले स्थापना गरेको अवसरमा तरुण पुरस्कारबाट सम्मान गरिएको छ।

नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औ स्थापना दिवसका अवसरमा शनिवार  पत्रकार नहर्कीलाई सम्मान गरेको हो । पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले सयुक्त रुपमा प्रशंसापत्र र नगद पाँच हजार सहित नहर्कीलाई सम्मान गरिएको हो ।


एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो । सोही अनुरुप नेपाल प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष एवं गोरखापत्र दैनिकमा कार्यरत  नहर्कीलाई सम्मान गरिएको नेपाल तरुणदल तनहुँका सचिव सुवोध वाग्लेले जानकारी दिए ।

उद्यमशिल क्षेत्रमा लागेका तरुणहरुको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप नहर्कीलाई सम्मान गरिएको हो ।  सोही कार्यक्रममा तरुण युवा उद्यमी पुरस्कार–२०८१ बाट म्याग्दे गाउँपालिका –४ निवासी नविन रानालाई सम्मान गरिएको थियो । यसैगरी तरुण पुरस्कारको लागि अक्षय कोष स्थापना गर्ने व्यास नगरपालिका–१० निवासी नेपाल तरुण दल तनहुँका कोषाध्यक्ष बलबहादुर शाहीलाई सम्मान गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button