हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाडी भू – भागमा आंशिक बदली रहने

प्रदार समाचार । काठमाडौँ,१२ कात्तिक २०८१ सोमबार । अहिले नेपालभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। यसैका कारण  आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा  मौसम आंशिक रुपमा  सफा रहेको छ । 

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम  पूर्वानुमान रहेको  महाशाखाद्वारा निकालिएको बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button