हेडलाईनव्याससमाचारगण्डकी

हिन्दू स्वयंसेवक संघकाे तीन दिवसीय प्रारम्भिक वर्ग सम्पन्न

प्रहार समाचार । तनहुँ १३ कात्तिक २०८१ मङ्गलबार ।  ‘संस्कार र संस्कृति नै राष्ट्रका प्राण हुन् ‘भन्ने मूल नाराका साथ हिन्दू स्वयंसेवक संघ नेपाल तनहुँको  तीन दिवसीय प्रारम्भिक वर्ग सम्पन्न भएको छ।

यही कार्तिक १० गते शनिवारबाट व्यास नगरपालिका-१ भादगाउँमा रहेको    निर्मल माध्यमिक विद्यालयमा सुरु भएको थियो । व्यास -१ का वडाध्यक्ष रमेशचन्द्र हड्खालेको विशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा संघका जिल्ला संघचालक नन्दन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जिल्ला संघचालक श्रेष्ठले समाज र संस्कृति जागरणको काम संघले गरिरहेको उल्लेख गरे ।

तीन दिनसम्म बिहान पाँच बजेदेखि राति १० बजेसम्म, योग व्यायाम, खेल ,बौद्विक, सामूहिक अभ्यास, चर्चालगायत निश्चित दिनचर्यामा विद्यार्थी रहेका विभाग कार्यवाह रामचन्द्र अधिकारीले बताए। वि.स. २०४८ सालमा स्थापना भएको संघले नयाँ पुस्तालाई वैदिक दर्शन, विचार मूल्यमान्यता, हिन्दूत्व विचार र जीवन पद्धति सिकाउने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आइरहेको संघले जनाएको छ।

१५ जना व्यवस्था/ शिक्षक र ६० जना शिक्षार्थीहरूको सहभागितामा विद्यार्थीहरूलाई बाैद्विक विकास, शारीरिक व्यायाम, याेग अभ्यास, धर्म संस्कृतिकाे ज्ञान मूल्यमान्यता जस्ता विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरिएको थियोे । संघले देशभर युवा विद्यार्थी एवं बालबालिकाहरूलाई यस्ता  प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

सोमवार जिल्ला संघचालक नन्दन श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघका बाग्मती र गण्डकी सम्भागका प्रचारक कपिल भट्ट, विभाग कार्यवाह रामचन्द्र अधिकारी, प्राज्ञिक विद्यार्थी परिषदका सह-संगठन सचिव रमेश कंडेल, निर्मल मा.विका प्रधानध्यापक गणेशचन्द्र बस्नेत, जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाल गण्डकी प्रदेशका सचिव  राजन अधिकारी लगायत शिक्षार्थीहरूको उपस्थित रहेको बताइएको छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button