हेडलाईनसमाचारगण्डकी

नेपाल ट्रेड युनियन काङ्ग्रेस लमजुङको जिल्ला परिषद २०८१ सम्पन्न

• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ११ कात्तिक २०८१ आइतबार । “श्रमको सम्मान गरौं,श्रम शक्ति नै राष्ट्र शक्ति हो “भन्ने मुल नारा सहित नेपाल शिक्षक संघमा आबद्ध सस्था नेपाल ट्रेड युनियन काङ्ग्रेस लमजुङको जिल्ला परिषद २०८१ सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काङ्ग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष वेद प्रसाद अधिकारीले नेपाली काङ्ग्रेस तथा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि सित समन्वय गरि प्रत्येक जिल्लामा थप कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।  उनले आवद्ध सस्था थप गर्न सुझाउँदै   आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल शिक्षक संघको केन्द्रीय सदस्य विष्णुमाया भण्डारी , नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारी , नेपाल विधुत प्राधिकरण आधिकारिक ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य  मनहरी अधिकारी ,नेपाल प्रेस युनियन पुर्व अध्यक्ष ऋषि राम अधिकारी , नेपाल वित्तीय कर्मचारी सस्थाका पुर्व अध्यक्ष हरि प्रसाद पौडेल , लमजुङ कालिका यातायातका अध्यक्ष पुर्णलाल श्रेष्ठ , नेपाल नाइ संघका अध्यक्ष ईश्वर ठाकुर , नेपाल ब्युटीसियन संघ की ममता गुरुङ लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा  सचिव मोदराज देवकोटाले प्रतिवेदन प्रस्तुत गोका थिए भने  कोषाध्यक्ष गङ्गा खनियाले आय ब्याय प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि सोमराज चिलुवाल,नेपाल शिक्षक संघमा आवद्ध शिक्षक कल्याण सहकारीका अध्यक्ष अगराज घिमिरे,नेपाल शिक्षक संघका जिल्ला सदस्य बद्री पौडेल , नेपाल शिक्षक संघ बेसीशहर नगरसमितिका उपाध्यक्ष श्रीभद्र अधिकारी ,सचिव विजय अधिकारी , सह-सचिव सुकु तामाङ ,वडा नम्बर ९ का संयोजक महादेव अधिकारी , १० का संयोजक गोपाल घिमिरे लगायत नेपाल ट्रेड युनियनमा आवद्ध सस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


नेपाल ट्रेड युनियन काङ्ग्रेसका जिल्ला अध्यक्ष तिर्थ राज तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण  सचिव मोदराज देवकोटाले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button