प्रहार समाचार । काठमाडौँ , ११ कात्तिक २०८१ आइतबार । साफ महिला च्याम्पियनसिप २०२४ साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत अहिले भरखरै सम्पन्न सेमि फाइनल खेलमा नेपालले भारतलाई हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ।


आज दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा खेल सकिएको थियो।

पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण अवरोध भएको खेल १७८ मिनेट सम्म लम्बिएको थियो। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो।


























