हेडलाईनसमाचारबन्दीपुरगण्डकीसूचना प्रविधि

बन्दीपुर गाउँपालिकाका अध्यक्ष  सुरेन्द्र बहादुर थापाद्वारा एन टि सि को  टावर राख्न माग

प्रहार समाचार । तनहुँ, ११ कात्तिक २०८१ आइतबार । आफ्नो पालिकाको केहि वडाहरूमा नेपाल टेलिकमको सेवा को पहुँच नपुगेपछि बन्दीपुर गाउँपालिकाका अध्यक्ष  सुरेन्द्र बहादुर थापाद्वारा एन टि सि को  टावर राख्न माग गरेका छन्।

गाउँपालिकाका अध्यक्ष थापा सहितको टोलिले हालै गण्डकी प्रदेशका सञ्चार  तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा स्थित मन्त्रालयमा भेटेर उक्त क्षेत्रमा नेपाल टेलिकमको टावर राखेर सेवा बिस्तार गर्न माग गरेका हुन् ।

‘पालिका वडा न. ६ को  खहरे, ग्याजाटार, सारङघाट तथा सरङका जनता सन्चार सम्बन्धबाट टाढा हुनुपरेपछि मन्त्रीलाई भेटेर सेवा विस्तार गर्न आग्रह गरिएको हो । ‘ –  अध्यक्ष थापाले भने ।

पालिकाको खहरे , ग्याजाटार , सारङघाट लगायतका क्षेत्रमा नेपाल टेलिकको सेवाले  काम नगर्दा स्थानिय वासिन्दाहरु सञ्चार सम्पर्क बाट टाढा रहनु परेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button