हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

‘औषधिको मूल्यवृद्धि गर्नैपर्ने अवस्था छैन , बढ्दैन। ‘ – मन्त्री पौडेल

प्रहार समाचार । काठमाडौँ , ११ कात्तिक २०८१ आइतबार ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य लामो समयदेखि समायोजन नभए पनि अहिले मूल्यवृद्धि गर्नैपर्ने अवस्था नभएको बताएका छन्।

औषधिको उचित मूल्य तथा गुणस्तर वृद्धिका लागि सुझाव दिन गठित समितिका पदाधिकारीसँग मन्त्रालयमा आज भएको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले भने -‘ग्यास र तेलको मूल्य बढ्यो भनेर औषधिको पनि बढाउनुपर्छ भन्ने होइन । औषधि नागरिकको जीवनसँग जोडिएको विषय भएकाले सरकारले मूल्य समायोजन गर्न खोजेको हो।’पौडेलले भने, ‘नागरिकलाई सकेसम्म सस्तो मूल्यमा औषधि उपलब्ध गराउने गरी मूल्य समायोजन हुनेछ । यसका लागि सरकार थप दायित्व निर्वाह गर्न तयार छ ।’

आम उपभोक्तालाई उचित मूल्यमा कसरी औषधि वितरण गर्न सकिन्छ ? सोसम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिन समितिका पदाधिकारीलाई उनले आग्रह गरे । औषधिको मूल्य सूचीबारे आफूले जानकारी राखेको भन्दै मन्त्री पौडेलले उत्पादन र बिक्री सूचीमा केही मात्रामा मूल्य घटाउन सकिने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button