प्रहार समाचार । काठमाडौँ, कात्तिक १० २०८१ शनिबार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु वर्तमान सरकारको राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताएका छन्।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले आज राजधानी काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उनले सहकारी ठगी प्रकरणमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूलाई अनुसन्धानमा नल्याएको भन्दै ठूलो रोष प्रकट गरे । सत्ता र शक्तिले भ्रष्टहरुलाई जोगाउने काममा वर्तमान सरकालागेको बताउँदै अध्यक्ष प्रचण्डले शक्तिको दुरुपयोग गरेर अपराधलाई उत्सबको रूपमा मनाउने गरेको बताए ।

‘बाढि पहिरोमा देखिदैन सरकार , प्राकृतिक प्रकोपमा देखिँदैन सरकार , सरकारको ध्यान दल विभाजन गर्न ,कुलमान उठाउन , उप सभामुख हटाउन मा छ । भूटाती शरणार्थी काण्ड कहाँ पुग्यो ? कहाँ पुग्याँ बाँसबारी जग्गा काण्डा ? कहाँ पुऱ्यो गिरी बन्धु टि स्टेटको कुरा , कहाँ पुग्यो बालमन्दिर काण्ड किनकी यो काण्ड खोतल्न होइन काण्ड जोगाउन यो सरकार आएको हो ” प्रचण्डले भने ।
‘संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज हो । ‘ – प्रचण्डले भने ।
‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् ।’ कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रुपमा गलत व्याख्या गरेको उल्लेख गर्दै प्रचण्डले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारबाही गर्ने प्रवृत्तिको विरोध गरेको जिकिर गरे ।

























