• सुशिल बि क । प्रशिक्षार्थी पत्रकार । प्रहार समाचार । तनहुँ १० कात्तिक २०८१ शनिबार। तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँमा रहेको निर्मल माध्यामिक विद्यालयमा निशुल्क प्रि-डिप्लोमा सिभिल इन्जिनियरिङ औद्योगिक प्रशिक्षार्थी अध्ययनको लागि आज प्रवेश परीक्षा र अन्तर्वार्ता भएको छ।
तस्विर : प्रतिमा गुरुङ


३० जना कोटाको लागि भएको परिक्षा र अन्तर्रवार्तामा ६९ जना विद्यार्थीहरुको आपेदन सहित परीक्षामा सहभागीता रहेको परीक्षा अधिकृत मनहरी ढकालले जानकारी दिए । जस अन्तर्रगत ३३ जना छात्र र ३६ जना छात्राहरु रहेका थिए। परीक्षा अबलोकनकर्ताको रुपमा व्यास नगरपालिकाका शिक्षा शाखाका अधिकृत नवीन पराजुली र प्रतिमा गुरुङ रहेका थिए।
परिक्षाथिले फर्म भरेको, वस्तुगत तथा विषयगत उत्तर लेखेको तथा अन्तरवार्ताको आधारमा नतिजा प्रकाशित गरिने विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए। परीक्षा मर्यादित र अनुशासित तबरबाट सम्पन्न भएको र छिट्टै नतिजा प्रकाशन गरिने परीक्षा अधिकृत ढकालले जानकारी दिए।

























