प्रहार समाचार । तनहुँ ,१० कात्तिक २०८१ शनिबार ।तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका अन्तरगत पर्ने आँबुखैरेनी बजारमा संयुक्त बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा ठूलो मात्रामा अखाद्य एवं म्याद सिद्धिएका वस्तुहरु बरामत गरिएको छ।

तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिका संयोजक एंवम् पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा हिंजो बजार अनुगमन गरिएको हो । अनुगमनमा गाँउपालिकाका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा एवम् आबुखैरेनी उद्योग वाणिज्य संघका प्रतिनिधि, आबुखैरेनी इलाका प्रहरी कार्यालयका प्रमुख टेक प्रसाद सुवेदी, औषधी व्यवसायी संघको प्रतिनिधि लगाएत स्वास्थ्य शाखा संयोजक एवं गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अनुगमन टोलिले आबुखैरेनी गाउपालिका वडा नं. ३ आबुखैरेनी बजारका विभिन्न किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल लगायतको अनुगमन गरेको थियो । संयुक्त अनुगमन टोलिले पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ४१ वटा पसलमा अनुगमन गर्दा १८ हजार बढि मुल्य बराबरको बिभिन्न म्याद नाघेका एवम् अखाद्य सामाग्रीहरु बरामत गरेको थियो । बरामत गरिएका बस्तुहरुमा विभिन्न प्रकारका विस्कुटहरु , कोकोकोला, फेन्टा , लेर्स, मिठाइ, चक्लेट, मिट मसला, कुरकुरे, माछा, पापड, फलफुल लगायतका सामानहरु बरामद गरी नष्ट गरिएको थियो।

बजार अनुगमन समितिको प्रतिनिधिहरु कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि एवम् सो क्रममा उक्त व्यवसायीलाइ सचेत गराइएको थियो। सो अनुगमन टोलिलाई आबुखैरेनी गाउपालिकाका जनप्रतिनिधिहरू एवम् सबै कर्मचारीहरुले सहयोग गरेका थिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले आवश्यक निर्देशन सहित सचेत गराउँदै पुन अनुगमनको क्रममा उक्त व्यावसयिहरुको गल्ति कमजोरी दोहोरीएको भेटिएमा कडा कार्वाहि गरिने समेत जानकारी गराएका थियो।
























