प्रहार समाचार । तनहुँ, ९ कात्तिक २०८१ शुक्रबार । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले तनहुँजिल्लाकै प्रसिद्ध धार्मिक तिर्थ स्थल छाब्दी बाराही मन्दिरलाई डस्बिन बितरण गरेको छ।

कम्पनी आठौँ वर्षमा प्रवेश गरेको अबसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले आज व्यास नगरपालिका वडा नं १२ छाब्दीमन्दीर हाताभित्र ५० लिटर क्षमताका ५ वटा डस्बिन बितरण गरेको हो ।
मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रमकाबिच छाब्दी बाराही बिकास कोषका अध्यक्ष थान बहादुर थापा लाई उक्त डस्बिन बिताण गरिएको दमौली शाखाका प्रमुख रविचरण गिरीले बताए । त्यस अबसरमा बोल्दै छाब्दी बाराही बिकास कोशका अध्यक्ष थान बहादुर थापाले कम्पनीलाई धन्यवाद दिंदै सरसफाई व्यवस्थापनमा कम्पनीको सानो सहयोगले छाब्दी बाराही बिकास कोषलाई ठूलो राहत हुने बताए । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्पनीले तनहुँ जिल्लाकै प्रमुख र पवित्र धार्मिक तिर्थस्थल छाब्दी देवी मन्दिरलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाका प्रमुख रविचन्द्र गिरीले बताए ।

कार्यक्रममा मन्दिरका संरक्षक एवं समाजसेवी हिम बहार रानाभाट, कोषाध्यक्ष रामबहादुर थापा , सहसचिव सृजना पन्थ , सल्लाहकारहरु बाबुलाल श्रेष्ठ , गजेन्द्र पन्थ , मन्दिरका पूजारी कृष्ण बहादुर आले , अन्य पदाधिकारीहरु , कम्पनीका दमौली शाखाका एजेन्सी म्यानेजर राधिका पन्थ लगायतको सहभागीता रहेको थियो ।
‘समृद्धि तपाइँको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको हो । यस अवसरमा कम्पनीले देशैभर साप्ताहिक कार्यक्रमका साथ आठौं वर्षीकोत्सव मनाइरहेको छ।

प्रधान कार्यालयसमेत १ सय ३६ शाखा तथा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा प्रदान गरिरहेको छ। ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् भने १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गर्न सफलता मिलेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार १९ अर्ब ८ करोड रुपैयाँ कुल लगानी रहेको कम्पनीसँग ३ अर्ब ३ करोड रुपैयाँबराबरको जगेडा तथा कोष छ। कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सिटिजन लाइफले ७ वर्षको अवधिमा ९ वटा बीमालेख प्रचलनमा ल्याएको छ भने ११ लाख ८९ हजार बीमित रहेका छन्। कम्पनीमा २९ हजारभन्दा बढी सक्रिय अभिकर्ता छन्।हालैको अविरल वर्षाका कारण आएको बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति भएकोमा प्रभावित परिवारलाई खाद्यान्न, न्यानो कपडालगायत अन्य राहात सामग्री वितरण गरिने कम्पनीले जानकारी दिएको छ।
यसै सन्दर्भमा प्राकृतिक प्रकोपलाई सामना गर्न तथा ग्लोबल वार्मिङजस्ता ठूलो समस्यालाई केही हदसम्म रोक्नका लागि सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहलअन्तर्गत विभिन्न ठाउँमा वृक्षरोपणसमेत गरेको छ। त्यसैगरी विगतका वर्षझैँ यस वर्ष पनि प्रधान कार्यालय र शाखाहरुमा कम्पनीले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। र दानबाट देशमा हालै आएको प्राकृतिक प्रकोप र डेंगीजस्ता विभिन्न रोगको महामारीबाट प्रभावितहरुको उपचारमा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।



















