प्रहार समाचार । काठमाडौँ, ९ कात्तिक २०८१ शुक्रबार । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बनेको छ ।

आज घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालले समूह चरणको अन्तिम खेलमा आज श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै श्रीलंकाविरुद्ध प्रभावशाली जित हासिल गरेको हो जीत संङ्गी नेपाल समुह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
दुई जित र १ बराबरी गरेको नेपाल ७ अंक बटुलेर गोल अन्तरका आधारमा समुह बी मा पहिलो बन्यो । यो समूहबाट समान अंक भएको भुटान गोल अन्तरका आधारमा दोस्रो भयो । नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’को उपविजेता बनेको भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ कार्य तालिका रहेको छ।



















