हेडलाईनसमाचारगण्डकीविजनेस

मुस्ताङमा अहिले सम्मकै बढि स्याउ उत्पादन : कृषकहरु उत्साहित

प्रहार समाचार । मुस्ताङ , र कात्तिक २०८१ बिहिबार । हिमालपारीको जिल्ला तथा स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा यस वर्ष अहिले सम्मकै बढी स्याउ उत्पादन भएपछि कृषकहरुमा उत्साह छाएको छ।

कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङ मुस्ताङमा हालसम्मकै बढि स्याउ उत्पादन भएपछि कृषकहरुमा उत्साह छाएको बताए । ‘अहिले धेरै राम्रो स्याउ उत्पादन भयो , कृषकहरु उत्साहित भएका छन् । ‘ केन्द्रका प्रमुख गुरुङले भने ।
स्याउ निर्यात गरेर मुस्ताङी किसानले यस वर्ष  ९२ करोड बढी जिल्लामा भित्र्याएका छन्। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ।

प्रारम्भिक मूल्यांकनअनुसार यस वर्ष करिब ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौं, पूरै तथ्यांक अझै आइसकेको छैन। यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन्। ‘ केन्द्रका प्रमुख गुरुङले भने ।

गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको तत्याङ्क छ।गत वर्ष ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब २९ करोड बढी आम्दानी भएको हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button