हेडलाईनसमाचारगण्डकी

रास्वपा सभापति  लामिछानेलाई म्याद थपका लागि दोस्रो पटक आज  जिल्ला अदालतमा उपस्थित गराइने

प्रहार समाचार । तनहुँ र कात्तिक २०८१ बिहिबार ।  सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि दोस्रो पटक आज  जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ।

  गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी ल्याइएका पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले हिरासतमा राख्न ६ दिनको अनुमति दिएको थियो ।

रविलाई म्याद थपका लागि आज अदालत उपस्थित गराउने कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । सोमबार रविसँग सामान्य सोधपुछ र कागजात प्रमाणितको काम गरिएको थियो । मंगलबार सरकारी वकिलको कार्यालयमा प्रहरीले रविसँग वयान लिएको छ । बुधबार भने उनीसँग बयान लिइएन ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप रविलाई छ । एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । ‘सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५ सय ३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ।’

संसदीय समितिले सहकारी ठगी प्रकरणका गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसहित कार्यकारी अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उता रविको पक्षमा रहेका समर्थकहरुले पोखरामा निर्यामित रूपमा प्रदर्शन गरिरहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button