प्रहार समाचार । तनहुँ८ कात्तिक २०८१ बिहिबार । तनहुँ जिल्लाको भिमाद नगरपालिकामा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा १५ हजार बढि मूल्यका मिति सिद्धिएका तथा अखाद्य वस्तुहरु भेटिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिक संयोजक एंवम् पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा आज बजार अनुगमन गरिएको हो । अनुगमनमा भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी उपमेयर शारदा खनाल प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुन लगायतको सहभागीता रहेको थियो ।


यसैगरी अनुगमनमा समितिका प्रतिनिधि सदस्यहरु कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि एवम् भिमाद नगर उद्योग वाणिज्यका प्रतिनिधि, भिमाद इलाका प्रहरी कार्यालयका प्रमुख, भिमाद नगरपालिकाको प्रमुख, उप प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृत लगाएत स्वास्थ्य शाखा संयोजक प्रशासन एवम् नगरपालिकाका कर्मचारीहरु, औषधी व्यवसायी संघको प्रतिनिधिको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको थियो ।

टोलीले भिमाद नगरपालिका वडा नं. ६ भिमाद बजारका विभिन्न किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ३१ वटा पसलमा अनुगमन गरिएको थियो। सो क्रममा १५ हजार बराबरको बिभिन्न म्याद नाघेका एवम् अखाद्य सामाग्रीहरु कोकोकोला, फ्रेन्टा, लेर्स, मिठाइ, चक्लेट, मिट मसला, कुरकुरे, माछा, पापड, फलफुल गरी ६ वटा पसलबाट सामान बरामद गरी नष्ट गरिएको र अन्य पसल एवम् व्यवसायीलाइ सचेत गराइएको थियो।


























