प्रहार समाचार । काठमाडौँ, ६ कात्तिक २०८१ मङ्गलबार । अहिले देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको कारण अहिले मधेश, बाग्मती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उता देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको विज्ञप्तिमा उल्लेख छ।
























