• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ ५ कात्तिक २०८१ सोमबार । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा लमजुङ जिल्लाका भेषबहादुर पौडेल नियुक्त भएका छन ।

। लमजुङ जिल्लाका पौडेल मन्त्री बने सङै गण्डकी प्रदेश सरकारले पुर्णता पाएको हो । पौडेलले आज ४.३० बजे शपथ खाए लगत्तै आफ्नो मन्त्रालयको पदभार सम्हालेका छन् । पौडेल लमजुङ काङ्ग्रेसका निवर्तमान सभापति हुन् ।

दिपक मनाङेलाई भौतिक बाट वन मन्त्रालयमा सारे पछी उनलेे मन्त्री पदबाट राजीनामा दिएका थिए । मनाङेको राजीनामा पछि गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले लमजुङका पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

नयाँ समीकरण पछी गण्डकी प्रदेशमा नेपाली काङ्ग्रेसलाई मुख्यमन्त्री सहित ५ मन्त्रालय , एमालेलाई ४ मन्त्रालय पर्ने गरि भाग वण्डा मिलाइएको थियो । त्यसमा पनि काङ्ग्रेसले नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिएको छ ।
गण्डकी प्रदेशमा काङ्ग्रेसबाट ४,एमालेबाट ४ र नेपाल समाजवादीबाट १ जना मन्त्री बनेका छन् । अहिले लमजुङबाट डाक्टर टकराज गुरुङ आर्थिक मामिला मन्त्री छन् भने अहिले लमजुङबाट प्रत्यक्ष निर्वाचित सांसद पौडेल वन तथा वातावरण मन्त्री भए सङ्गै लमजुङ जिल्लाले दुई वटा मन्त्रालय पाएको छ।
























