प्रहार समाचार । , ५ कात्तिक २०८१ सोमबार । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज दशरथ रंशगालामा भएको खेलमा माल्दिभ्समाथि गोलको वर्षा गर्दै नेपालले सानदार जित निकालेको छ।

नेपालले माल्दिभ्समाथि ११-० गोलको जित निकाल्यो।नेपालको जितमा रेखा पौडेलले पाँच गोल गर्न सफल भइन् ।
प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन्। यस्तै सविता राना मगर, अनिता केसी र अमिषा कार्कीले गोल गरेर माल्दिभ्समाथि सान दार विजय हाँसिल गर्न सफल भए ।
एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा सात गोल गरेको थियो।
जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपालले दुई खेलबाट चार अंक जोडेको छ। दोस्रो स्थानको भुटानको पनि चार अंक नै छ। भुटानले आजै भएको खेलमा श्रीलंकालाई ४-१ गोलले पराजित गर्यो।
यसअघि पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए।
























