हेडलाईनसमाचारप्रदेश

नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते खबरदारी सभा गर्ने

प्रहार समाचार । काठमाडौँ, ६ कात्तिक २०८१ मङ्गलबार । यहि  कात्तिक १० गते काठमाडौंमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कमदको विरोध तथा गर्नुपर्ने काममा ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ। 

आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी दिए।

अध्यक्ष प्रचण्डले खबरदारीसभाको तयारीमा जुट्न पार्टीका सबै कमिटीलाई निर्देशन पनि दिएका छन् । सरकारले शुरू गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएको माओवादीको भनाइ छ।

सहकारीपीडित, मिटरब्याज र लघुवित्तपीडितका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुईदलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी थाल्न समेत उक्त खबरदारी सभा आयोजना गर्नु परेको माओवाडीको भनाई रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button