हेडलाईनसमाचारगण्डकी

‘ संगठित  अपराधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन्। ‘ – उपसभापति स्वर्णीम वाग्ले

प्रहार समाचार । पोखरा , ३ कात्तिक २०८१ शनिबार ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति  स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको बताएका  छन्।

आज  पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै वाग्लेले  नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको भन्दै उनीहरुबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताएका हुन्।

‘संगठित अपराधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन्। नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन्। उनीहरुबाट ध्यान मोड्नका लागि यि कुराहरु भएका छन्,’ उनले भने।

उनले नेतापिच्छेका विभिन्न स्वार्थ र प्रतिशोधको भावनाले सरकारले रवि लामिछानेलाई पक्राउ गरेको बताए।

‘ कसैलाई  आफ्नो राजनीति जोगाउन उसलाई सिध्याएरै छोड्नु थियो। कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो। कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो। कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो। कसैलाई ललितानिवासलाई दक्षिणमा बदलेर गोजी भर्नु थियो। कसैलाई लुटको रंगशालामा बाँचुन्जेल फुटबल हान्नु थियो। कसैलाई आफूसँगैको साथी माथि पुगेकोमा खुट्टा तान्नु थियो,’ उनले भने। 

पछिल्लो समय मीनबहादुर गुरूङले करोडौंको जग्गा एमालेलाई दान दिएको विषयमा चौतर्फी आलोचना बढिरहँदा त्यसबाट ध्यान हटाउन पनि सरकारले रास्वपा सभापतिलाई पक्राउ गरेको वाग्लेले बताए। – न्यूज ऐजेन्सी नेपालबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button