प्रहार समाचार । तनहुँ ३ कात्तिक २०८ शनिवार । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ तनहुँ जिल्लाको अधिवेशन सम्पन्न आज दमौलीमा भएको छ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय सभाका पूर्व सांसद प्रकाश पन्तले अपाङ्गता कुनै पनि बेला जो कोही व्यक्ति पनि हुनसक्ने भएकोले अपाङ्गहरूलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक र अधिकार संरक्षणका लागि एकजुट हुन पर्नेमा केन्द्रीय अध्यक्ष पन्थको जोड थियो ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका सांसद पदम परियारले अझै पनि राज्यको तर्कबाट अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन हुन नसकेको चर्चा गर्दै अपाङ्गता भएका व्यक्तिले राष्ट्रिय राजनीति देख देशको हरेक क्षेत्रमा पछाडी पारिनु विढम्बनाको विषय रहेको चर्चा गरे ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति एवं ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल लगायतले आआफ्नो धारणा राखेका थिए ।
उक्त अधिवेशनले बाल बालकुमारी रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको सदस्यमा सन्त बहादुर थापा ऋषिङ , कमलचन्द्र पोख्रेल घिरिङ , नवीन पण्डित देवघाट , सञ्जय आले बन्दीपुर , मिक्सन गौली आँबुखैरेनी , मेघराज सुनार म्याग्दे , प्रकाश राउत भानु , टकमाया गुरुङ शुक्लागण्डकी , गितादेवी घिमिरे नहर्की व्यास , र गिरबहादुर घर्ती भुजेल भिमाद चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता अमृत बहादुर नेपालीले बताए ।
यसैगरी आजै बसेको बैठकले जिल्ला कार्य समितिको सदस्यमा सीतादेवी ओझा व्यास , सोमबहादुर थापा भिमाद , गिरबहादुर थापा रिसिङ र सुष्मिता बिक व्यासलाई मनोनयन गर्ने निर्णय गरेको जनाइएको छ।


























