हेडलाईनसमाचारप्रदेश

निर्वाचन आयोगले माग्यो नेपाली नागरिकता त्याग्नेहरुको विवरण

• विजय  अधिकारी।   (संवाददाता  ) प्रहार समाचार । काठमाडौं १ कात्तिक २०८१ बिहिबार । निर्वाचन आयोगले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरुको उक्त नागरिकता प्राप्त गर्नु भन्दा पहिलेको नेपाली नागरिकता त्याग्न गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरेको छ ।


निर्वाचन आयोगको आज बसेको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर – आवासीय नेपाली  नागरिकता लिएका व्यक्तिहरुको साबिकको  नागरिकता त्यागको विवरण माग गरेको र ऐन बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको निर्वाचन आयोगका प्रबक्ता नारायण प्रसाद सापकोटाले प्रहार समाचारलाई जानकारी दिए।

निर्वाचन आयोगले उक्त व्यवस्था अनुरुप गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नु पुर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागेको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कार्तिक ५ गते भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरण संग नामावली भिडाइ त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदान नामावली बाट हटाइ नामावली अद्याबधिक गरिने आयोगले जनाएको छ ।

नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता त्याग गरेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था  गरेको प्रवक्ता सापकोटाले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button