हेडलाईनव्याससमाचारगण्डकी

स्व . कंडेलको निधनमा व्यास  नगर प्रमुख न्यौपाने  सहितको टोलीद्वारा समवेदना प्रकट

प्रहार समाचार । तनहुँ , कात्तिक १ बिहिबार । तनहुँको  व्यास नगरपालिका वडा नं २ पदमचोकमा विगत लामो समयदेखि तरकारी पसल तथा कुकको काम गर्दै आएका व्यास – १२ छाब्दी घर भएका लक्ष्मण कंडेलको निधनमा व्यास नगरपालिकाका नगर प्रमुख बैकुष्ठ न्यौपाने  सहितको एक टोलीले समवेदना प्रकट गरेको छ।

नगर प्रमुख न्यौपाने सहित संविधान सभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेसका नेता समुद्र गोदार , ने का व्यास नगर सभापति सूर्यचन्द्र हड्खले सहितको टोलीले कंडेल निवास छाब्दी पुगेर आज परिवारजनमा गहिरो समवेदना प्रकट गरेको हो।


समवेदना प्रकट गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले यस दुखद् घडीमा स्वर्गीय कंडेलको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समावेदना प्रकट गर्दै व्यास नगरपालिकाको तर्फबाट नाबालक छोराको पठनपाठन तथा श्रीमतीको दैनिकी चलाउन पहल गरिने बताए ।


२०३६ साल भदौ ११ गते जन्मेका सरल स्वभावका लक्ष्मण कँडेलको ४५ वर्षको उमेरमा २०८१ साल असोज २१ गते हृदयघातका कारण निधन भएको थियो। कँडेलका एक श्रीमती र नाबालक एक छोरा रहेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button