• विजय अधिकारी । ( संवाददाता ) लमजुङ्ग १ कात्तिक २०८१ बिहिबार । । लमजुङको ऐतिहाँसीक थलो दुराडाँडाको अर्चल्यानिमा सञ्चालन भएको चौथो दुराडाँडा कप फुटबल र भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

सोमबारबाट सञ्चालन भएको चौथो दुराडाँडा कप फुटबल प्रतियोगिता २०८१ को उपाधी साविक वडा नम्बर – ८,लाम्पाटा र भलिबल प्रतियोगिताको उपाधी साविक वडा नम्बर-६,अर्चल्यानिले चुम्न सफल भएको छ । छ
लमजुङको साविक दुराडाँडा गा.वि.स.का वडाहरु बीच प्रतिस्पर्धा हुनेगरि आयोजना गरिएको दुरा डाँडा कप प्रतियोगिताको आयोजना नमुना क्लब पुरानोडिहीले गरेको थियो भने प्रायोजन सुन्दरबजार नगरपालिका वडा नम्बर -४,वडा कार्यालयले गरेको आयोजक क्लबका अध्यक्ष हरिकृष्ण खनियाले प्रहार समाचारलाई जानकारी दिए।
खनियाका अनुसार – उक्त प्रतियोगितामा भलिबल तर्फ साविक ९ वडाका ७ टिम सहभागी भएका थिए भने फुटबलमा ९ वडाका १० टिमको सहभागिता रहेको थियो ।
जसमा भलिबल तर्फ साविक वडा नम्बर ६ अर्चल्यानी बिजेता भएको छ भने साविक वडा नम्बर ३ पोखरीटाउका उप-बिजेता भएको छ ।
त्यस्तै फुटबल तर्फ साविक वडा नम्बर ८,लाम्पाटा बिजेता भएको छ भने साविक वडा नम्बर २, नमुना क्लब उप-बिजेता भएको छ । प्रतियोगितामा भलिबल तर्फ बिजेतालाई नगद रुपैयाँ १० हजार , मेडल र प्रमाणपत्र र उप-बिजेतालाई नगद रुपैयाँ ५ हजार , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी फुटबल तर्फ बिजेतालाई नगद रुपैयाँ १५ हजार , मेडल र प्रमाणपत्र र उप- बिजेतालाई ८ हजार , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
नमुना क्लबका अध्यक्ष हरिकृष्ण खनियाको अध्यक्षतामा भएको कार्यक्रममा विजयी खेलाडी हरुलाई समापन कार्यक्रमको प्रमुख अतिथि सुन्दर बजार नगरपालिकाका उप-प्रमुख भवानी के.सी., वडा नम्बर – ४,का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले
बिजयी खेलाडहरुलाई संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको सहजिकरण पत्रकार विराट न्यौपानेले गरेका थिए ।



























