प्रहार समाचार । काठमाडौँ, २ कात्तिक २०८१ शुक्रबार । हाल देशभर पश्चिमी वायुको प्रभाव छ ।आज देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहने छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उता आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।
























