प्रहार समाचार । सुर्खेत, ३० असोज २०८१ बुधबार । राष्ट्रपति रामचन्द्र पौडेल बडीमालिका जाने क्रममा सुर्खेत पुगेका छन् ।
बुधबार अपरान्ह सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसंगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । राष्ट्रपति भोलि बिहीबार बिहान बडीमालिकातर्फ जाने कार्यक्रम रहेको छ ।
त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत रहेका छन् । हुनुहुन्छ । राष्ट्रपति भोलि नै काठमाडौं फर्किने छन्।
























