• विजय अधिकारी । ( संवाददाता ) । तनहुँ ३० असोज २०८१ बुधबार । वडा दशैको अन्तिम दिन आगामी कार्तिक १ गते बिहीबार कोजाग्रत पुर्णिामाका दिन भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

सो बिदा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा चाडपर्वको बिदा दिइएको गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकार मन्त्री परीषदको मिति २०८० चैत ९ गते को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पुर्णिामा सहित २०८१ साल बैशाख ४ गते मंगलबार चैते दशै र २०८१ साल असार २९ गते शनिबार भानुजयन्तिका दिन पनि सार्वजनिक बिदा दिएको थियो ।
























