हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज दशैको टीका र जमरा लगाउने अन्तिम दिन

• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । तनहुँ, ३० असोज २०८१ बुधबार ।  मान्यजनबाट आशिर्वाद स्वरूप नवदुर्गाको प्रसादका रूपमा २०८१ को वडा दशैको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । अश्विन शुक्ल पक्ष चतुर्दशी र पुर्णिामा पनि आजै परेको कारण आज नै टीका जमरा लगाउने अन्तिम दिन रहेको छ।

आश्विन शुक्ल प्रतिपदा देखि नवमी सम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरूप विजया दशमीको दिन देखि शुरु भएको टीका र जमरा लगाउने क्रमको आज बुधबार अन्तिम दिन भएको हो । मध्यरातमा पुर्णिामा तिथि र सुर्योदय कालमा चतुर्दशी तिथि परेकोले कोजाग्रत पुर्णिामा आजनै परेको र साझमा पुर्णिामा तिथि पर्दा गरिने पुर्णिामा व्रत भने कार्तिक १ गते परेको  निर्णायक विकास समितिका सदस्य एवं वाल्मीकि विद्यापिठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर देवमणी भट्टराईले प्रहार समाचारलाई बताए । 

उनका अनुसार – वडा दशैको सार्वजनिक विदा सोमबार सकिएर मंगलबार देखि सरकारी कार्यालय खुलेतापनि दशैको टीका र आशिर्वाद थाप्ने क्रम भने कोजाग्रत पुर्णिामा अखिल वलिपुर्ती नभए सम्म निरन्तर चलिरहने शास्त्रीय मान्यता रहेको भन्दै यस वर्ष आज अखिल वलिपुर्ती र कोजाग्रत पुर्णिामा तथा कार्तिक १ गते विहिबार पुर्णिामा व्रत परेको नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृती दिएको पात्रो (पाञ्चाङ्ग) मा उल्लेख गरेको बताए ।

विजयादशमी देखि आश्विन शुक्ल पुर्णिामा सम्म मान्यजन टाढा टाढा हुने आफन्त टीका र आशिर्वाद थाप्न घर घरमा जाने गर्दछन । यो आफन्त टाढा हुनेका लागि वडादशै नवदुर्गाको प्रसाद र आशिर्वाद लिनुका साथै भेटघाट हुने अवसर पनि हो ।
कोजाग्रत पुर्णिामाको दिन राति जाग्राम वसि महालक्ष्मीको पुजा र आराधना गर्ने गरिन्छ । नेपालीहरुको महान चाड वडादशै कार्तिक १ गते देखि समापन हुन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button