हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै

प्रहार समाचार । काठमाडौँ ,३० असोज २०८१ बुधबार ।   आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज  दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान छ। त्यस्तै बुधबार दिउँसो सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

यता कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव भने  कायमै रहेको जल तथा महाशाखाद्वारा  जारी बुलेटिनमा उल्लेख छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button