प्रहार समाचार । तनहुँ २६ असोज २०८१ शनिवार । तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालमा प्रदान गरिएको डायलासिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

दमौली अस्पतालमा बिरामी राख्न बेडको अभाव भएकोले स्थानान्तरण गरिने पायक नपरेका बिरामीको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने गरी व्यास नगरपालिका वडा नं १० मा रहेको दुम्सीमा सारीने भएको हो। जिल्ला समन्वय समितिका प्रमुख तथा दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्ले ट नगर अस्प्तालमा व्यास नगरपालिकाको आधा जनसङ्ख्या साथै कास्कीको रुपा गाउँपालिका र लमजुङको मध्य नेपाल नगरपालिकाका बिरामीलाई बिरामीलाई सेवा लिन सहज हुने वाग्लेले प्रहार समाचारलाई बताए । स्थानान्तरणको लागि गण्डकी प्रदेश सरकारसमक्ष माग राखिएको वाग्लेले जानकारी दिए ।
निर्माणधिन व्यास नगर अस्पतालको समन्वय प्रमुख वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतको टोलीले हालै स्थलगत अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा भवन निर्माणका पूर्वाधारहरु डायलाइसि सेवा प्रदान गर्न उपयुक्त खालको पाईएको र व्यास नगरपालिका तथा प्रदेश सरकारको सहयोगमा यो कदम अगाडी बढाइएको व्यास नगरपालिकाको प्रमुख बैकुष्ठ न्यौपानेले बताए ।
विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो । हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीनवटा उपकरण थप गरिएको छ । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेकी थिइन् । जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मृर्गौला खराब भएका विरामी यस अगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो ।

























