हेडलाईनसमाचारप्रदेश

घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको प्रतिमा आज विसर्जन गरिँदै

प्रहार समाचार । बाँको , २७ असोज २०८१ आइतबार । घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । 

यहाँका शहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।     

ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

घटस्थापनाको दिनदेखि स्थापना गरिएका मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दशैंको भोलिपल्ट अर्थात् आज सेलाइने परम्परा रहेको पण्डित शिवप्रसाद पाठकले बताए । उहाँ अनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button