विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ , २४ असोज २०८१ बिहिबार । नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा बेसीशहर नगरपालिकाले लमजुङ जिल्ला कारागारमा रहेका कैदी र थुनुवालाई दशैको खर्च स्वरुप २ वटा खसी र खाद्यान्न सहयोग गरेको छ ।

बेसीशहर नगरपालिकाले सामाजिक सहायता शिर्षकबाट कारागारमा रहेका कैदी बन्दिलाई कारागारमा पुगेर ४० हजार रुपैयाँ बराबरको खसी र खाद्यान्न सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले कारागारमा बन्दी जीवन विताइ रहेकाहरु परिवारबाट टाढा रहने भएकोले सबैले सहयोग गरेर उनिहरुलाई चाडपर्वमा खुशी दिनु पर्ने भन्दै दशैमा थोरै भए पनि राहत पुगोस् भन्ने उदेश्यले विगत वर्ष देखि नै सहयोग गर्दै आएको बताए ।
लमजुङ जिल्ला कारागारमा कैदी ६१ जना र थुनुवा ६० जना गरी १ सय २१ जना रहेका छन । यी मध्ये ४ जना कैदी र १ जना थुनुवा गरी ५ जना महिला रहेका छन ।
उक्त खसी तथा खाद्यान्न सहयोग कार्यक्रममा बेसीशहर नगरपालिका उप-प्रमुख पदमा गुरुङ, बेसीशहर नगरपालिका वडा नम्बर – ७, का ववडा अध्यक्ष ऋषिराम बस्नेत,बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण के.सी.,बेसीशहर नगरपालिकाका कम्प्युटर अपरेटर रेशम घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
























