हेडलाईनसमाचारप्रदेश

राष्ट्रपति  पौडेल बडादशैँ अन्तर्रगत फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह २०८१ मा सरिक

प्रहार समाचार । काठमाडौँ  , २४ असोज २०८१ बिहिबार । राष्ट्रपति रामचन्द्र पौडेल बडादशैँ अन्तरगत  फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह २०८१ मा सरिक भएका छन्।


समारोहमा प्रथम महिला सबिता पाैडेल सहभागी थिइन। साे अवसरमा राष्ट्रपति पाैडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पाैडेल नेपाली सेनाकाे परमाधिपति हुन्।
सैनिक मञ्च टुँडिखेलमा विहिबार आयोजित सो फूलपाती बढाइँ समारोहमा नेपाली सेनाले विभिन्न सैनिक परेड प्रदर्शन गरेको थियो ।

सो अवसरमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । राष्ट्रिय गीत र विभिन्न धुन प्रस्तुत गरिएको थियो । साथै नेपाली सेनाले राइफलबाट लहरे, एकठठा र तोपबाट पनि आकर्षक बढाइँ प्रस्तुत गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button