• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार २१ असोज २०८१ सोमबार । जिल्ला प्रशासन कार्यालय लमजुङलेले जिल्ला भित्र प्लास्टिक बाट बनाईएका फूल / माला उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

चाडपर्वको बेला प्लास्टिकजन्य फूलगुच्छाहरु भित्रन सक्ने र त्यस्ता बस्तुको प्रयोगले वातावरण र स्वास्थ्यमा समेत प्रत्यक्ष असर पार्ने भन्दै प्रशासनले प्लास्टिक जन्य फूलमालाको उत्पादन,ओसार पसार,उपभोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए ।
प्रशासनले प्लास्टिकजन्य वस्तुबाट निर्मित फूलमाला लगायतका सामाग्रीको प्रयोग नगर्न सर्वजनिक सूचना जारी गरिएको , वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने प्लास्टिकजन्य फूलमालाको उत्पादन र बिक्रीवितरण, उपभोग ओसारपसार गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुयलले बताए ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ् – नेपाल क्रमशः पुष्प व्यवसायमा आत्मनिर्भर हुदै आएको र लमजुङका पनि विभिन्न पालिकाहरुमा फूल खेती व्यवसायको रूपमा विकास हुने क्रममा रहेको सन्दर्भमा प्लास्टिकजन्य सामाग्रीको प्रयोग माथि प्रतिबन्ध लगाइएको बताए ।
प्रशासनले बजार अनुगमनका क्रममा बजारमा प्लास्टिकजन्य सामाग्रीहरु कसैले बिक्रीवितरण गरेको भेटीएमा उक्त सामान जफत गरि जरिवाना गरिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले “नेपाल सरकार वन तथा वातावरण र मन्त्रालयले वातावरण संरक्षण एन २०७६ को दफा १६ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरि नेपालभर प्लास्टिकबाट उत्पादित फूलगुच्छाको उत्पादन,आयात ,बिक्रीवितरण र भण्डारण गर्न पुर्ण रूपमा रोक लगाएको व्यहोराको मिति २०७९ श्रावण १२ को नेपाल राजपत्रमा प्रकाशित सूचना समेत सबैमा अवगत छ ।” प्रशासनबाट जारी सूचनामा भनिएको छ।
वातावरण मैन्त्री र स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न समेत टेवा पुग्ने भएकोले प्राकृतिक रूपमा उत्पादन भएको पुष्पगुच्छा , फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्नु गराउनु हुन प्रशासनले सबै सरकारी , गैरसरकारी , निजी कार्यालयहरु र लमजुङ वासीमा अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी र गुरुङले प्रहार समाचारलाई बताए ।


























