हेडलाईनव्याससमाचारगण्डकी

डिभिजन वन कार्यालयद्धारा अजिङ्गरको उद्धार

प्रहार समाचार ।,तनहुँ , १७ असोज २०८१ बिहिबार ।  तनहुँको व्यास नगरपालिका–१२ कमल बारी भन्दा थोरै तल  जलबबिरेमा भेटिएको  अजिङगरको आज  उद्धार गरिएको छ ।

बिस्तारको क्रममा रहेको  पृथ्वीराजमार्गको मुग्लिन– पोखरा खण्ड अन्तर्गत सडकको नालीमा फेला परेको स्थानीयले जानकारी दिएपछि  र डिभिजन वन कार्यालय तनहुँले अजिङ्गरको उद्धार गरेको डिभिजन वन कार्यालयका अर्जुन कुमार श्रेष्ठले बताए । 


उक्त अजिङ्गरको श्रेष्ठ सहित शसस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, शसस्त्र वन रक्षकहरु कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ, र चौकीद्धार उत्तम मल्लको टोलीले  अजिङगरको उद्धार गरेको  डिभिजन वन कार्यालयले जनाएको छ ।

उद्धार गरिएको अजिङ्गर दश फिट लामो र १५ किलो दुई सय ग्रामको तौल भएको  उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिए ।  राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार अजिङ्गरलाई संरक्षित सरिसृपको रुपमा लिइन्छ ।  ‘अजिङ्गर हत्तपत्त भेटिने जीव पनि होइन यसको उद्धार भइसक्यो, उपयुक्त वासस्थानमा लगेर छाड्छौं ।’ उद्दार कर्ता  श्रेष्ठले भने ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button