प्रहार समाचार । तनहुँ १७ असोज २०८१ बिहिबार । बिभिन्न निर्णयहरु गर्दै नेपाल उद्योग ब्यापार महासंघ जिल्ला कार्य समिति तनहुँको पहिलो बैठक दमौलीमा हिंजो सम्पन्न भएको छ।

जिल्ला अध्यक्ष गोपाल सुर्खालीको सभापतित्वमा सम्पन्न उक्त बैठकमा बोल्दै बौद्धिक व्यक्तित्व अतिन्द्र केशरी न्यौपानेले नेपाल उद्योग व्यापार महासंघले आम ब्यापारीको पिर मर्का तथा उपभोक्ताहरुको हक हितको संरक्षणमा देखिने गरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका सल्लाहकार द्धय रामचन्द्र सापकोटा र अग्निधर सापकोटाले पछिल्लो समय विभिन्न कारणहरुले ब्यापार ब्यावसाय ओरालो तिर लाग्नु दुःखद् पक्ष रहेको चर्चागर्दै ब्यावससायलाई चलायमान पार्न सरोकार वाला गम्भिर भएर लाग्नुपर्ने बताए ।
बैठकले जिल्लाका प्रत्येक पालिकाहरूमा संगठन निर्माण गर्ने निर्णय गरेको छ। यसैगरि बैठकले शुक्ला गण्डकी नगर महिला उद्यमी मंचमा निर्वाचित उपाध्यक्ष झ्याम कुमारी थापा लगायत अन्य पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
यसका साथै बैठकले यहि असोज १० , ११ र १२ गते परेको अविरल वर्षाले पुराएको जन धनको क्षति प्रति दुःख प्रकट गर्दै मृतकहरुप्रति श्रद्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरुमा समवेदना प्रकट गरेको संघले जनाएको छ।
























