हेडलाईनसमाचारगण्डकी

नेपाल विधार्थी संघ लमजुङ जिल्लाको अध्यक्षमा दिलिप राना

• विजय अधिकारी । ( संवाददाता ) लमजुङ १७ असोज २०८१ बिहीबार । नेपाल विद्यार्थी संघ लमजुङ जिल्लाको जिल्ला अध्यक्षमा दिलिप राना मगर सर्वसम्मत चयन भएका छन् ।

नेपाल विधार्थी संघ केन्द्रिय कार्यसमितिका अध्यक्ष दुर्जाङ सेर्पाले हस्ताक्षर गरेको नेपाल विधार्थी संघ केन्द्रीय कार्यालय काठमाडौको परिपत्र अनुसार लमजुङको अध्यक्षमा राना मगरलाई चयन गरेको हो ।

नेपाल विधार्थी संघ केन्द्रीय कार्यालयले जिल्लाहरुमा विवरण मागे बमोजिम नेपाली काङ्ग्रेस लमजुङ जिल्लाको मिति २०८१असोज ६ गतेको पत्र अनुसार लमजुङमा नेपाल विधार्थी संघको अध्यक्ष पद रिक्त भएकोले र ३२ बर्ष उमेरहद पनि आकर्षक भएकोले ने.वि.संघको विद्यान २०२७ को सातौं संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि  राना मगरलाई अध्यक्ष चयन गरिएको केन्द्रीय अध्यक्ष सेर्पाले बताए ।


बेसीशहर नगरपालिका वडा नम्बर – ३,मगरपात्ले घर भएका दिलिप सानै उमेर देखिनै बाल क्लबको नेतृत्व गर्दै कक्षा ८ बाट ने.वि.संघ विद्यालय इकाई सभापति, २०७६ सालमा ने.वि.संघ जिल्ला सदस्य,२०७७ सालमा नेपाल मगर विधार्थी संघको अध्यक्ष हुदै गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष तथा नेपाली काङ्ग्रेस भातृ संगठन राष्ट्रिय नेपाल मगर विधार्थी संघको केन्द्रीय उपमहामन्त्री भइ सकेका छन् । उनी  २०७८ सालमा क्षेत्रीय प्रतिनिधि,२०८० सालमा ने.वि.संघको जिल्ला उपसभापति मनोनीत,२०८० माघमा कार्यवाहक सभापति भएर इमानदारीताका साथ काम गर्दै आएका राना मगरलाई अहिले लमजुङ जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो
   


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button