हेडलाईनसमाचारभानुगण्डकी

पल्याङखोला, टुहुरेपसल हुँदै थानिथान मोटरमार्गको पिच गर्ने काम सुरु

प्रहार समाचार । तनहुँ , ७ कात्तिक २०८१ बुधबार । तनहुँ जिल्लाको भानु नगरपालिका अन्तर्गत पर्ने प्रसिद्ध थानीमाई मन्दिर जाने बाटो  ‘पल्याङखोला, टुहुरेपसल हुँदै थानिथान मोटरमार्ग ‘ को पिच हुने काम सुरु भएको छ। टुहुरे पसल देखि थानी मन्दिरसम्म जाने १७ सय मिटर  बाटो पिच हुन लागेको वडा नम्बर ७ का वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठले बताए ।


वडाध्यक्ष श्रेष्ठका अनुसार गण्डकी प्रदेश सरकारको ३ करोड र पछि थप ५० लाखको लागतमा उक्त मोटर मार्गको  पिच गर्ने कामकालागि नाला बनाउने पिचका लागि आवश्यक सामाग्रीहरु झार्ने काम धमाधम भईरहेको ठेकेदार कम्पनी ऐलिना भट्ट भट्ट जेभिका प्रोपाइटर शंकर ढकालले प्रहार समाचारलाई बताए । ढकालका अनुसार उक्त मार्गमा वसय २ मिटर  ढलान गर्नु पर्ने र अरु कालोपत्रे गरिने छ।

वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठ दुहुरेपसल देखि थानीमाई मन्दिर सम्मको बाटो बजेट अभावका कारण  पिच नहुँदा मन्दि दर्शन गर्न आउने भक्तजनहरुलाई ठूलो समस्या परेको बताए ।   ‘बर्षा याममा हिलो र हिउँदमा धुलोले हैरानी पारेको छ ‘ उनले भने ।
तैपनि थोरै काम भएपनि उक्त पिय बाटोलाई गुणस्तरीय निर्माण हुनु पर्नेमा वडा कार्यालय लागि परेको र ठेकेदार कम्पनीलाई सजग गराईएको वडा अध्यक्ष श्रेष्ठले जनाए ।   ‘कामै नहुनु भन्द  भएको काम गुणस्तरीय निर्माण गराउने  तर्फ समग्र वडा लागि परेको छ’ – वडाअध्यक्ष श्रेष्ठले भने ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button