प्रहार समाचार । तनहुँ ५ कात्तिक २०८१ सोमबार । तनहुँको शुक्ला गण्डकी नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा समुद्र राम श्रेष्ठ भारि मतान्तरले विजयी भएका छन् । उनले ३ सय ९१ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । श्रेष्ठ
नेपाली कांग्रेस समर्थक हुन् भने उनलाई माओवादीको समर्थन थियो ।

अध्यक्ष पदका प्रत्याशी सुजित हिराचनले २ सय ९८ मत प्राप्त गरि पराजित हुन पुगे । हिराचनलाई एमालेको समर्थन थियो। हिंजो अधिवेशनमा निर्वाचन भएको थियो । निर्वाचन पछि भएको मत गणनामा वरिष्ठ उपाध्यक्ष पदमा सुमन सापकोटा निर्वाचित भएका छन्। उनले ३ सय ३५ मत प्राप्त गरे भने प्रत्याशी नारायणकुमार श्रेष्ठले ३ सय १९ मत प्राप्त गरि पराजीत हुन पुगे ।
यसैगरी वरिष्ठ उपाध्यक्ष वाणिज्य तर्फ ३ सय २३ मत प्राप्त गरी प्रकाश थापा विजयी भएका छन्। त्यसैगरी सोही पदका प्रत्याशी आनन्द सुन्दर श्रेष्ठले ३ सय २ मत प्राप्त गरेका थिए।
त्यसैगरी उद्योगतर्फको उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले ३ सय २७ मत प्राप्त गरेका थिए भने उनका प्रत्याशी देवबहादुर ढुङ्गानाले ३ सय २१ मत प्राप्त गरेका थिए।
महासचिव पदमा सुरज श्रेष्ठ निर्वाचित भएका छन् उनले ३ सय ६३ मत प्राप्त गरेका थिए भने उनका प्रत्याशी उम्मेदवार पूर्णबहादुर काष्ठले २ सय ९० मत प्राप्त गरेका थिए।
त्यसैगरी उपमहासचिव पदमा विर्षना श्रेष्ठ ३ सय ५४ मत प्राप्त विजयी भए भने उनका प्रत्याशी मित्रबन्धु पौडेलले २ सय ९५ मत प्राप्त गरेका थिए। कोषाध्यक्ष पदमा कमल गैरेले ३ सय ३८ मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रत्याशी रजनी थापाले ३ सय १२ मत प्राप्त गरिन् ।
हिजो सम्पन्न निर्वाचनबाट सदस्य पदमा विजय हुनेहरूमा अमृत घिमिरे ४ सय१४ मत , विधान गुरुङ ३ सय८४ मत , गम बहादुर केसी ३ सय ७८ मत , अर्जुन सापकोटा ३ सय ६४ मत पिताम्बर तिमलसन्ना ३ सय ५६ मत , सन्तोष कुमार श्रेष्ठ ३ सय ४६ मत , बर्मा कुमार श्रेष्ठ ३ सय २६ मत , गिरीबहादुर थापा ३ सय २३ मत , देवीभक्त राणाले ३ सय२० मत र भूपेन्द्र रिमालले ३ सय२० मत प्राप्त गरी निर्वाचित भएका छन्। त्यसैगरी महिला सदस्यमा जोशिला थापा ३ सय ७८ मत र बसन्त कुमारी श्रेष्ठले ३ सय ९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष , वाणिज्य उपाध्यक्ष श्रेष्ठ प्यानलबाट विजय भएका छन् भने पदाधिकारीहरूमध्ये उद्योग उपाध्यक्ष , महासचिव , उपमहासचिव ,कोषाध्यक्ष हिराचन प्यानलबाट विजयी भएका छन्। केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनको सरकार भएपनि शुक्लागण्डकी उद्योग वाणिज्य संघमा भने पुरानै कांग्रेस र माओवादीको पुरानै गठबन्धन भएको थियो । नव निर्वाचित अध्यक्ष समुन्द्रराम श्रेष्ठले आफू सम्पूर्ण उद्योगि र व्यापारीहरुको समग्र हक हितका लागि संयम भएर अगाडी बढने प्रहार समाचारलाई बताए ।

























