प्रहार समाचार । तनहुँ ३ कात्तिक २०८१ शनिवार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछाने निर्दोष भएको जिकिर गरेका छन् ।

पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिंजो राती जिल्ला प्रहरी कार्यालय कास्की लैजाने क्रममा दमौलीमा कार्यकर्ता सङ्ग छोटो प्रतिक्रिया दिंडै सांसद ढकालले कसैको राजनीति जोगाउने नाममा र वर्तमान गठबन्धन जोगाउने नाममा आफ्नो पार्टी सभापति माथि यो हर्कत भएको बताएका छन्।
मध्यरातमा दमौली आइपुगेका सांसद ढकालले भने – ‘ देशैभरका जनताहरू तथा तनहुँका घन्टी मित्रहरू समेत आन्दोलनमा उत्रने विश्वास प्रकट गर्दछु। साथै भोलि सम्पूर्ण घन्टी मित्रहरू पोखरामा उपस्थित भइदिन समेत आग्रह गर्दछु। ‘
























