• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । २ कात्तिक २०८१ शुक्रबार । स्वास्थ्य तथा जन संख्या मन्त्री प्रदिप पौडेलले एक पछि अर्को गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेखनिय तथा स्मरणीय काम गर्दै जान थालेका छन्। यसैको पछिल्लो उदाहरणीय काम हो – नेपाल भरका महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका बेला सार्वजनिक यातायातमा चढदा भाडा तिर्न नपर्ने कदम ।

मन्त्री पौडेल सहितको मन्त्रालयको टोली सङ्ग भएको छ्लफलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा भाडा सम्बन्धि समझदारी भएको मन्त्रालयले जनाएको छ।
मन्त्री पौडेलले काभ्रेको विपद प्रभावित रोशी क्षेत्रमा भएको महिला स्वास्थ्य स्वयंसेविकासँग सेवाको कदर स्वरूप यातायात नि:शुल्क बनाउने काममा लागि रहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ संग मन्त्री पौडेलले न्यून सुबिधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवामा लागि लामो समय देखि प्रयत्नरत रहेका महिला स्वयंसेविकाहरुलाई कामका सिलसिलामा हुने यातायातमा भाडा नि:शुल्क गरिदिन आग्रह गरे अनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछी आज मन्त्रालयमा यस सम्बन्धि समझदारी भएको प्रहार समाचारलाई बताए ।
स्वास्थ मन्त्री पौडेलले यही कार्तिक १५ गते देखि यस्तो व्यवस्था लागू गर्न गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वारले सहमति जनाएका हुन् । मन्त्री पौडेलले भने “महिला स्वास्थ्य स्वयंसेविकाहरुले देशको स्वास्थ्य क्षेत्रमा पुऱ्याएको भुमिकालाई सम्मान गर्न यो निर्णय महत्त्वपूर्ण भएको भन्दै “आफ्नो व्यवसायीक,सामाजिक उत्तरदायित्व अन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रति आभार व्यक्त गर्दछु । ‘

मन्त्री पौडेलले थपे- ‘महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर म चिन्तित रहेको छु , उनीहरुलाई थप क्षमता विकासका लागि आवश्यक तालिम तथा सिप मुलुक कार्यक्रमको प्याकेज समेत चाडै सार्वजनिक गरि सञ्चालन गरिने छ। ‘
त्यस्तै यातायात व्यवसायी महासंघका अध्यक्ष स्वारले आफूलाई स्वास्थ्य मन्त्री पौडेलले विगत देखि नै नि:शुल्क सुबिधाका लागि आग्रह गरेको जानकारी दिदै व्यवसायीक उत्तरदायित्व अन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरेँ ।
त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरुको छता सस्थाकी अध्यक्ष वसन्ती महर्जनले स्वयंसेविकाका लागि निकै महत्त्वपूर्ण निर्णय भएको भन्दै यसका लागि स्वास्थ्य मन्त्री पौडेल र यातायात व्यवसायी महासंघ प्रति आभार प्रकट गरिन ।
यस सम्झौता बाट देश भरकै ५२ हजार स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका प्रमुख डाक्टर भिम सापकोटाले बताए ।

























