प्रहार समाचार । तनहुँ , २ कात्तिक २०८१ शुक्रबार । आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसंगै जुकाको औषधी खुवाइने भएको छ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत २०८१ साल कार्तिक २ र ३ गते ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले बताए ।
उनका अनुसार राजा र भोलि तनहुँ जिल्लाका टोलटोलमा रहेका महिला स्वयंसेविकाबाट बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाइने कार्यक्रम रहेको छ।
तनहुँ जिल्लामा २ सय ३० वटा स्वास्थ्य संस्थामा ४ सय ६८ जना महिला स्वास्थ्य स्वयंसेविकाले उक्त कार्य गर्नेछन्। यसको समन्वय तनहुँ जिल्लामा रहेका १० वटा पालिकाहरूले गरिरहेका छन्।





















